पूर्वाधार वाच, कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । आव २०८०/८१ मा सडक ग्राभेल तथा स्तरोन्नति गरेको हो । नगरपालिकाका ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति हुँदा कृषिउपज बजारसम्म ढुवानी गर्न सहज भएको छ ।
नगरपालिकाका १२ वटै वडाका सडक स्तरोन्नति गर्ने, खाल्डाखुल्डी पुर्ने काम भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दिपक धामीले बताए । उनका अनुसार आव २०८०/८१ मा नगरपालिकाले १७ दशमलव चार किमी सडक ग्राभेल गरेको छ ।
११ दशमलव ३५ किमी सडक स्तरोन्नति गरिएको छ । सडक नभएका क्षेत्रमा नौ दशमलव ९४ किलोमिटर सडक ट्रयाक खोलिएको छ ।
नगरपालिकाको आर्थिक स्रोत थोरै हुँदा सडक कालोपत्र करिब एक किमी मात्र गरिएको छ । सडक छेउमा पानी निकासका लागि नाली निर्माण गरिएको छ ।
विगतमा वर्षाका बेला नगरपालिकाका ग्रामीण क्षेत्रमा सडक सुधार नहुँदा हिलाम्मे हुने गरेका थिए । नगरपालिकामा जनप्रतिनिधि आएपछि सडक सुधार नगरिँदा आवागमनमा सुविधा भएको स्थानीय रामबहादुर डगौराले बताए ।
‘ग्राभेल मात्रै नगरपालिकाले विगत सात वर्षदेखि गर्दै आएको छ’, उनले भने, ‘यो पहिला पनि हुन्थ्यो, अब सडक कालोपत्र गरिनुपर्छ, नगरपालिकाको आन्तरिक बजेटले नभ्याउने भए प्रदेश र सङ्घीय सरकारलाई गुहार्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्