images
images
images

खुम्बु क्षेत्र प्रवेश गर्ने विदेशीलाई तीन हजार रुपैयाँ पर्यटन शुल्क

images

पूर्वाधार वाच, काठमाडौं ।

खुम्बु क्षेत्रमा प्रवेश गर्दा विदेशीले तीन हजार रुपैयाँ पर्यटन शुल्क तिर्नुपर्ने भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाले आर्थिक ऐन २०८१ बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ पर्यटन शुल्क निर्धारण गरेको हो।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल ९टान०लाई पत्र पठाउँदै नयाँ शुल्क निर्धारण गरेको जानकारी गराएका हुन्।

चालू आर्थिक वर्षमा खुम्बु गाउँपालिका क्षेत्र भित्र प्रवेश गर्ने सार्क क्षेत्र र चिनियाँ नागरिकले प्रति व्यक्ति २ हजार था अन्य विदेशी नागरिकले तीन हजार तिर्नुपर्ने छ।

यस्तै कुटनीतिक विशिष्ट व्यक्ति र १० वर्ष मुनीका बालबालिकालाई कागजातको आधारमा निस्शुल्क प्रवेशको व्यवस्था गरिएको पत्रमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्