पूर्वाधार वाच, काठमाडौं ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन ‘एफपीओ’ बिक्री खुला भएको छ। शुक्रबारबाट सूर्योदय वोमीको एफपीओ निष्काशन तथा बिक्री खुला भएको हो।
कम्पनीले कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने निर्देशनबमोजिम एफपीओ जारी गरेको हो।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एकआपसमा गाभ्नेरगाभिनका लागि अन्तिम स्वीकृति पत्र दिँदा कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने व्यवस्था छ।
कम्पनीले ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको १०० अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्कासन गरेको हो।
सेयरका लागि लगानीकर्ताले साउन ८ सम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरे निष्कासन अवधि साउन १८ सम्म बढाइनेछ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्