images
images
images

१७ निर्माण कम्पनीसँग खरिद अनुगमले माग्यो लिखित स्पष्टीकरण

images

पूर्वाधार वाच, काठमाडौं ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले तीस दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।

तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्