पूर्वाधार वाच, काठमाडौं ।
नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए ।
योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
एलेक्सले वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्