पूर्वाधार वाच, काठमाडौं ।
गएरातिको अविरल वर्षासँगैको पहिरोले विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । बाढीका कारण काठमाण्डौका खोला तथा नदी किनारका सडक ठाउँ–ठाउँमा अवरुद्ध भएका छन् ।
सडक नै बाढीले ढाक्दा यातायात आवागमन प्रभावित भएको छ । कतिपय ठाउँका करिडोर क्षेत्र हिलाम्य भएका छन् । यात्राका लागि गाडी चालक र यात्रुहरुले करिडोरकै बाटो प्रयोग गर्दा समस्यामा परेका छन् ।
यसैबीच, वर्षाका कारण पहिरो खस्दा बाग्लुङको कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । करिडोरको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।
यस्तै लगातारको वर्षाका कारण पहिरो खस्दा बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यसैगरी पहिरोले लमजुङको बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
गएरातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी , पहिरोका कारण देशका २० वटा सडक अवरुद्द रहेका छन् भने १ सय ७५ वटा एकतर्फि सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्