images
images
images

सिटिजन्स् बैंक र सूर्य हस्पिटल बीच सम्झौता

images

पूर्वाधार वाच, काठमाडौं।

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्ज, पर्सा स्थित सूर्य हस्पिटल प्रा।ली बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्