images
images
images

सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्छौं : भौतिक मन्त्री दाहाल

images

पूर्वाधार वाच, काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री दाहालले सार्वजनिक खरिद नियमावली १३ औँ पटक संशोधन भएको बताए । उनले विगतमा एउटा कुनै ठुला निर्माण व्यवसायीसँग लभिङ गरेको आधारमा नियमावली संशोधन गरिने बताए । उनले सार्वजनिक खरिद सम्बन्धी कानुनलाई व्यवस्थित गर्न आवश्यक रहेको भन्दै सार्वजनिक खरिद नियमावलीलाई व्यवस्थित गर्नुपर्ने उल्लेख गरे ।

उनले भौतिक मन्त्रालयले सरकारको पुँजीगत खर्च बढाउनको लागि आयोजनाहरूको प्रारम्भिक अध्ययन गरी समस्याको समाधान खोज्ने बताए । उनले आयोजनाहरू कार्यान्वयनमा नीतिगत समस्याहरू रहेको बताए ।

मन्त्री दाहालले अब ठुला निर्माण व्यवसायी आएर आग्रह गरेको आधारमा नियमावली संशोधन नहुने बताए । उनले सार्वजनिक खरिद सम्बन्धी कानुनलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले पुँजीगत खर्च बढाउन संरचनागत र कर्मचारी तन्त्रमा पनि समस्या रहेको बताए ।

उनले स्मार्ट सवारी चालक अनुमति छाप्ने साँचो भेन्डरको हातमा भएकाले बार्गेनिङको लागि समय–समयमा सर्भर डाउन गरिदिने काम भएको बताए । उनले सरकारबाट भुक्तानी नपाएको र सरकारसँग त्यो खालको प्राविधिक नभएको बार्गेनिङ गरेको बताए ।

उनले पूर्णरुपमा सरकारको हातमा ल्याएर सवारी साधन छपाइलाई रिफर्म गर्न जरुरी रहेको बताए । उनले सरकारले यातायात नीति अगाडि बढाएको पनि बताए । यातायात नीतिका आधारमा सरकारले ऐनहरु बनाउनुपर्ने र ऐनमा रहेका समस्या सरकारले समाधान गर्दै लग्ने बताए ।

मन्त्री दाहालले सडकमा देखिएका समस्या प्राथमिकता छुट्याएर समाधान गर्दै जाने भन्दै सरकारले सडक सुरक्षा सम्बिन्ध ऐन पनि बनाउन लागेको बताए । सडक दुर्घटनाका सम्बन्धमा गम्भीर रूपमा सोच्नुपर्ने बेला भएको बताए ।

मन्त्री दाहालले देशभरका सडकमा रहेका पुलको अवस्थाको बारेमा समिति सदस्यहरूको अध्ययन हेरेर सरकारले अन्तिम निर्णय लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्