images
images
images

पर्यटनमैत्री नीति बन्नेमा ढुक्क रहन व्यवसायीलाई मन्त्री पाण्डेको आग्रह

images

पूर्वाधार वाच,  काठमाडौं ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निष्ठापूर्वक काम गर्न प्रतिबद्ध रहेको बताएकाुक्कुु छन्।

शुक्रवार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्ध पर्यटन व्यवसायीसँगको छलफल एवं अन्तरक्रिया  कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

उनले संस्कृति र  प्रकृतिलाई सँगसँगै लिन सकेमा  पर्यटनको विकास हुन दाबी गरे । आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे । उनले आफूलाई पार्टी,नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरी निष्ठा पूर्वक काम गर्न प्रतिबद्ध रहेको बताए।

साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। पर्यटन व्यवसायी आफैंमा थिङ्कट्याङ्क भएकाले निष्कर्ष र निचोड सहितको सुझाव दिन समेत आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्