images
images
images

भारतको वायनाडमा भूस्खलनमा परी मृत्यु हुनेको संख्या २१६ पुग्यो

images

पूर्वाधार वाच, काठमाडौं। 

भारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले वायनाड दुर्घटनामा मृत्यु हुनेको संख्या २१६ पुगेको बताएका छन् । यस घटनामा दुई सयभन्दा बढी मानिस अझै बेपत्ता रहेको उनले जानकारी दिएका छन् ।

वायनाडमा पीडितहरूका लागि ९३ राहत शिविरहरू पनि निर्माण गरिएका छन्, जसमा हाल १० हजारभन्दा बढी मानिसहरूले आश्रय लिएका छन्।

त्यस्तै अहिलेसम्म ६७ शवको पहिचान हुन सकेको छैन । सेनाले अहिले पनि ठूलो मात्रामा उद्धार र राहत कार्य गरिरहेको छ ।

गत बुधबार भएको वर्षा र भूस्खलनमा परेकाको उद्धार कार्य अहिले पनि जारी रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्