images
images
images

वर्षाले कैलालीमा हुलाकी सडक अवरुद्ध

images

पूर्वाधार वाच, कैलाली ।

निरन्तरको वर्षाका कारण कैलालीमा हुलाकी सडक अवरुद्ध भएको छ। वर्षापछि बाढीका कारण ठाउँठाउँमा सडक भत्किएको छ।

कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। निरन्तरको वर्षाका कारण पानीको सतह सडकभन्दा माथि पुगेको छ।

वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन्। स्थानीयबासी आफन्तकहाँ बसेका छन् भने पाँच परिवारलाई स्थानान्त्रण गरी वडा नं ५ को कार्यालयमा राखिएको छ।

गौरीगङ्गा नगरपालिकामा पनि केही घर डुबानमा परेका छन्। गौरीगङ्गा–७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं–९ शङ्करपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्