images
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा कम्पनीलाई आकर्षक प्याकेज

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले विशेष आकर्षक प्याकेजसहित विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने घोषणा गरेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उडानका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

सरकारले हवाई टिकट, ग्राउन्ड हृयान्डलिङ, इन्धनलगायतमा सहुलियत दिने कार्य योजना बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका क्रममा आवश्यक पर्ने भन्सार, अध्यागमन, पारवहन तथा गोदाम, बैंक, सुरक्षालगायतका १६ वटा कार्यालय स्थापना भएका छन् । विमानस्थल २४ घण्टा अन्तर्राष्ट्रिय उडानका लागि तयार रहेको जनाइएको छ ।

यसअघि पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न अवतरण, विसान, सञ्चार तथा उड्डयन सेवा र सुरक्षा जाँच शुल्कमा शत प्रतिशत छुट दिइएको थियो । तर, यात्रु नपाएको कारण देखाउँदै यो विमानस्थलबाट कुनै पनि कम्पनीले नियमित उडान भर्न सकेका थिएनन् ।

उद्घाटन भएको २७ महिनामा यस विमानस्थलबाट चार सय ९४ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । जसबाट १६ हजार ६ सय ४७ जना यात्रु आएका छन् भने २० हजार तीन सय ८३ जना प्रस्थान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्