images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन

images

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ ।

समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको अवस्था बुझ्न अनुगमन गरेको हो।

अनुगमन टोलीको नेतृत्व अर्थ समिति सभापति डा. कृष्णहरि बुढाथोकीले गरेका छन् । टोलीमा समिति सदस्यहरू सुशील खड्का (सार्वजनिक वित्त उपसमिति संयोजक), कृष्णकुमार कार्की, खड्कबहादुर बुढा, नितिमा भण्डारी (कार्की), परशुराम तामाङ, प्रा.डा. पुष्पराज कँडेल र विदुषी राणा सहभागी भएका थिए ।

त्यसैगरी समिति सचिव लक्ष्मण अर्याल, उपसचिव लक्ष्मीप्रसाद ओझा, शाखा अधिकृत प्रवीन राई तथा कार्यालय सहयोगी सीता भट्टराई पनि अनुगमन सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्