images
images
images

एमएडब्लूले नाडा अटो सोमा दिपलका दुई मोडल सार्वजनिक गर्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो सोमा दिपल एल०७ इलेक्ट्रिक सेडानको सार्वजनिक गर्ने भएको छ । सोमा एमएडब्लू वृद्धिले दिपल एल०७ बाहेक अरू नयाँ ईभी मोडेल प्रदर्शन गर्ने जनाएको छ ।

अघिल्लो सिब्लिङमा जस्तो नयाँ एल०७ मा पनि वेलकम सिट, एआर एचयूडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता इनोभेटिभ फिचरहरूका साथै ५४० किलोमिटर रेन्ज रहेको कम्पनीले जनाएको छ ।

एल०७ बाहेक कम्पनीले अर्को ईभी ल्याउने भनेको पनि त्यसबारे थप विवरण भने सार्वजनिक गरेको छैन । एमएडब्लू वृद्धिले सार्वजनिक नगरेको ‘गोप्य मोडल’लाई नाडा अटो सोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।

‘यो ईभीले एस०७ को नवीनता र सफलतालाई पार गर्ने छ वा नयाँ स्थान सिर्जना गर्ने छ रु यसको जवाफ नाडा अटो सोको पहिलो दिन मिल्ने छ,’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

१६२ वर्ष पुरानो ग्लोबल अटोमोटिभ लिडर दाबी गर्दै आएको चांगाजमन विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलको ब्याट्री प्रयोग गरेका गाडी नेपाली बजारमा छन् ।

चांगनको दिपलका ईभीले टेक्नोलोजी जायन्ट हुवावेसँगको सहकार्यमा अद्वितीय रेन्ज, विश्वसनियता र प्रदर्शन प्रत्याभूत गर्ने कम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्