images
images
images

मुख्यसचिव नियुक्तिले सिनियर सचिवहरुमा व्यापक असन्तुष्टि, अर्का सचिवले पनि दिए राजीनामा

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले चौथो वरीयताका एकनारायण अर्याललाई मुख्य सचिव नियुक्ति गरेपछि अन्य सचिवहरूले धमाधम राजीनामा दिन थालेका छन्।

नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका मन्त्रालय स्रोतले जनाएको छ। यसअघि योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए।

भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो । ज्ञवाली पहिलो र भट्टराई दोस्रो वरियतामा थिए।

आफूभन्दा जुनियरलाई मुख्यसचिव बनाएपछि ज्ञवालीले दिए राजीनामा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्