images
images
images

धुलिखेल-खावा सडकमा आज र भोलि मालवाहक सवारी बन्द

images

पूर्वाधार वाच, काभ्रे ।

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकमा टिपर लगायत मालवाहक सवारी साधन आज र भोली बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुर सूचना जारी गदैँ टिपर लगायत मालवहाक सवारी साधन बन्द गर्ने सूचना जारी गरेको हो ।

धुलिखेल(खावा सडक अत्यन्तै जीर्ण भइ यातायात सञ्चालनमा कठिनाई उत्पन्न हुन गएकोले सडक मर्मत सम्भार गरी सञ्चालन गर्न भदौ २० र २१ गते आज र भोली दुई दिनको लागि मालवाहक सवारी साधन बन्द गरि सडक निर्माण गरिने सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा भनिएको छ ।

पछिल्लो समय धुलिखेलदेखि खावातर्फको विभिन्न ठाउँमा सडक क्षतविक्षत अवस्थामा पुगेको छ । बर्षात् सुरु भएयता सडकमा समस्या आएको छ । नेपालको उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ ।

सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न स्थानबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरिएको छ । वर्षाले गर्दा अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक खण्ड हिलाम्मे भएपछि सवारीहरु बिचबाटोमै रोकिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्