पूर्वाधार वाच, काठमाडौं ।
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो ।
सीईओ छनोट समितिले जोशीसहित निवर्तमान सीईओ धनञ्जय रेग्मी र ज्ञानेश्वरसिं महतोको नाम सिफारिस गरेको थियो ।
जोशी यसअघि २०१५ देखि २०२० सम्म पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बनिसकेका व्यक्ति हुन् । गत जनवरी २८ मै धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्डको प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्