images
images
images

रसुवाको पासाङल्हामु मार्ग बन्द

images

पूर्वाधार वाच, रसुवा ।

जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरूद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारी साधन रोकिएका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन् ।

ढुङ्गा अत्यन्तै ठूलो भएकाले फुटालेर मार्ग खुलाउन ब्रेकर मेसिनको खोजी भइरहेकाले तत्काल सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रजिअ खनालले जानकारी दिए । अत्यधिक वर्षपछि आएको पहिरोसँगैको ढुङ्गाले सडक अवरूद्ध बनेको उनले बताए ।

ढुङ्गा फुटाइ सडक सञ्चालन गराउने प्रयास गरिरहेको प्रजिअ खनालले बताए । सडक अवरूद्व भएकाले दर्जनौँ सवारीसाधन र यात्री मूलखर्कमा रोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्