images
images
images

सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने

images

पूर्वाधार वाच, काठमाडौं ।

पाकिस्तानका सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् ।आधिकारिक सूचना चुहावट रोक्नका लागि सरकारले अनुमतिबिना सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको हो ।

द न्यूज इन्टरनेशनलका अनुसार सरकारको संस्थापन विभागले परिपत्र जारी गर्दै कर्मचारीहरुलाई सरकारी कर्मचारी (आचारसंहिता) नियम १९६४ अन्तर्गत यस्तो बन्देज लगाएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यस निर्देशनअनुसार सरकारी कर्मचारीले कुनै किसिमको सरकारी नीतिविरुद्ध अभिव्यक्ति दिन पाउने छैनन् ।

यसको निगरानीका गर्न र विवादास्पद सामग्री हटाउन सरकारी निकायलाई निर्देशन समेत दिइएको छ । सरकारी कर्मचारीले यस निर्देशनको पालना नगरे कारवाही भोग्नुपर्ने छ ।

यद्यपि सामाजिक सञ्जालको सकारात्मक प्रयोगमाथि बन्देज लगाउने कुनै मनशाय भने नरहेको निर्देशनमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्