पूर्वाधार वाच, काठमाडौं ।
थाइल्याण्डका नयाँ प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले संसदमा आफ्नो सरकारको नीतिगत प्राथमिकता जानकारी गराएका छन् ।
आफ्नो योजना उच्च घरपरिवार ऋण घटाउने र आर्थिक वृद्धि गर्नेमा केन्द्रित रहेको बताए । थाई सरकारले एक व्यापक ऋण पुनर्संरचना, विशेष गरी घर र अटो लोनमा जोड दिने योजना बनाएको बताए ।
थाइल्याण्डमा हाल घरेलु ऋण १६ ट्रिलियन भाट (लगभग ४७४ बिलियन अमेरिकी डलर) नाघेको र निष्क्रिय कर्जा बढ्दै गएको छ । शुक्रवार समापन हुने भनिएको दुईदिने संसदीय अधिवेशनले पातोङटार्नको प्रशासनको औपचारिक शुरुवात गरेको छ ।
फेउ थाई पार्टीकी नेता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पातोङटार्न अगस्टमा संसदीय मतदानमा विजयी भएपछि थाइल्याण्डको कान्छी र दोस्रो महिला प्रधानमन्त्री निर्वाचित भएकी थिइन्। (सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्