images
images
images

मध्यपहाडी राजमार्ग लगायतका लागि ३५१ अस्थायी दरबन्दी स्वीकृत, गल्छी-रसुवागढी सडक ११ मिटर चौडा बनाइँदै

images

पूर्वाधार वाच, काठमाडौं । 

सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना लगायतका आयोजना÷योजनाहरूमा ३५१ राजपत्रांकित अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले हुलाकी राजमार्गको चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गको हालको रेखांकन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने समेत निर्णय गरेको मन्त्री गुरुङले बताए ।

यता गल्छी त्रिशूली मैलुङ्ग स्याफ्रुवेसी रसुवागढी सडकको स्याफ्रुवेसी बजार खण्डमा ११ मिटर चौडाइमा सडक निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने पनि निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्