images
images
images

युनाइटेड अजोड इन्स्योरेन्सद्वारा अछामका किसानलाई पशु बीमाको दाबी भुक्तानी

images

पूर्वाधार वाच, काठमाडौं । 

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अछामका विभिन्न पालिकामा पशु बीमाको दाबी भुक्तानी दिएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मंगलसेन नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाका  किसानहरूलाई बीमालेख बमोजिमको क्षतिको दाबीबापत मरेको पशुहरूको बिमा रकमको चेक हस्तान्तरण गरिएको इन्स्योरेन्सको साँफेबगर उपशाखाका प्राविधिक होमराज जोशीले जानकारी दिए ।

बिहीबार विभिन्न पालिकाका  किसानहरूलाई दुई लाख एकानब्बे हजार ८ सय रुपैयाँ बराबरका चेक हस्तान्तरण गरिएको पनि प्राविधिक जोशीले बताए ।

बिमा रकमको चेक पाउनेहरुमा बिमा गरेका कृषक र फर्मका सञ्चालक रहेका छन् । अछामका पशुपालक किसानलाई आफ्ना पशहरुको खेतीपातीको समयमै बीमा गराउन पनि आग्रह गरेको छ ।

मरेका पशुको ९० प्रतिशत क्षतिपूर्ति पाएपछि स्थानीय कृषक धेरै खुसी देखिएका छन् । अछाममा पछिल्लो समय पशु बीमा गराउनेहरूको संख्या बढ्दै गएको इन्स्योरेन्सले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्