images
images
images

सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले संसदले सर्वसम्मत रुपमा पारित गरेको चुच्चे नक्साको मर्म विपरित लिपुलेक र कालापानी नेपालको भूभाग नभएर भारतको हो भनेर अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गर्न माग गरेका हुन् ।

उनले भने, ‘यो राष्ट्रिय विरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ रु सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले छानबिन गरोस् । यो विषय हल्का रूपमा उठाइएको होइन देशद्रोहको मुद्दा लगाउनुपर्छ ।’

पूर्व मन्त्रीसमेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्ताका क्रममा लिपुलेक र कालापानी लगायतका भूभागमा भारतको दाबी पुग्ने बताएका थिए । सो अभिव्यक्तिको विरोध भएपछि उनलाई पार्टीले समेत स्पष्टीकरण सोधेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्