images
images
images

पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउँछौं : पर्यटनमन्त्री पाण्डे

images

पूर्वाधार वाच, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउने बताएका छन् ।

सोमवार मन्त्रालयमा पत्रकारहरुसँगको छलफलमा मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नागरिक उड्डयन र पर्यटन क्षेत्रको सुधार गर्न आवश्यक देखिएकाले उच्च अदालतमा पूर्वप्रमुख न्यायाधीशको संयोजकत्वमा समिति गठन भइसकेको बताए।

उनले प्राविधिक कारणले ढिलाई भइरहेको भन्दै चाँडै समितिको विषय मन्त्रिपरिषद्बाट पारित हुने बताए । उनले उच्चस्तरीय पर्यटन सुधार समितिले नागरिक उड्डयन क्षेत्रमा अहिलेसम्म भएका अध्ययनहरुको पुनरावलोकन गर्ने बताए ।

उनले पुराना अध्ययनको पुनरावलोकन मात्रै नभएर अहिलेको सिस्टमको पनि अध्ययन गरी सरकारलाई सुझाव दिने बताए । उनले मन्त्रालयले पनि तारागाउँ विकास समितिका समस्या समाधानको लागि पनि मन्त्रीस्तरीय अध्ययन समिति बनाउने बताए ।

उनले उक्त समितिले पनि हातयात होटलसँग भइरहेका कामहरु ठिक बेठिकका सन्दर्भमा पनि अध्ययन गर्ने बताए । उनले यस्ता अध्ययन समितिले विगतमा भएका अध्ययनहरुलाई समेत आधार बनाउँदै अहिलेको अध्ययन निचोडमा पुग्ने र मन्त्रालयको नेतृत्व परिवर्तन भएपनि अध्ययनले देखाएका कामहरु निरन्तर भइरहेने बतावारण बनाउने योजनामा मन्त्रालय रहेको दाबी गरे ।

उनले भने,‘ सरेकारले नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउन लागेको छ । मन्त्रीपरिषद्मा प्रश्तुत भइसकेको छ । केही प्रक्रियाहरु पूरा गरेर चाँडै सार्वजनिक हुँदैछ । उच्च अदालतका पूर्वमुख्य न्यायाधीसको संयोजकत्वमा समिति गठन गरेका छौं । त्यो समितिले नागरिक उड्डयन क्षेत्रमा अहिलेसम्म भएका अध्ययनहरुको पुनरावलोकन गर्छ। अहिलेको सिस्टममा कही समस्या छ की भनेर अध्ययन गर्छ । सरकारलाई आवश्यक पर्ने सिफारिस दिन्छ । तारागाउँ विकास समितिमा पनि मन्त्रीस्तरी अध्ययन समिति बनाउँछ । उक्त समितिले पनि हातयात होटलसँग भइरहेका कामहरु ठिक बेठिकका सन्दर्भमा पनि अध्ययन गर्छ । यस्ता अध्ययन समितिले विगतमा भएका अध्ययनहरुलाई समेत आधार बनाउँदै अहिलेको अध्ययन निचोडमा पुग्ने र मन्त्रालयको नेतृत्व परिवर्तन भएपनि अध्ययनले देखाएका कामहरु निरन्तर भइरहने वातावारण बनाउँछौं । दुई वटा विमानस्थलहरु पूर्णरुपमा सुचारु गर्नको लागि दिने भनिएका सबै प्रकारका र सहुलियत दिने निर्णय भइसकेको छ । हवाई इन्धन र पर्यटन बोर्डले लिने शुल्क लगायतमा निर्णय भइसकेको छ । टिकटमा लागेको भ्याटको सन्दर्भमा बजेटमा समावेश भएर आएकाले अब के गर्न सकिन्छ भन्ने सन्र्दभमा अर्थमन्त्रीले छलफल गरिरहनु भएको छ ।’

उनले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सूचारु गर्नको लागि दिने भनिएका सबै प्रकारका र सहुलियत दिने निर्णय भइसकेको बताए ।

उनले हवाई इन्धन उद्योग मन्त्रालय र पर्यटन बोर्डले लिने शुल्क लगायतमा निर्णय भइसकेको भन्दै चाँडै सबै प्रक्रिया पूरा हुने बताए।

उनले टिकटमा लागेको भ्याटको सन्दर्भमा बजेटमा समावेश भएर आएकाले अब के गर्न सकिन्छ भन्ने सन्दर्भमा अर्थमन्त्रीले छलफल गरिरहनुभएको बताए । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्