images
images
images

चेक गणतन्त्रमा बाढीका कारण ३ जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

चेक गणतन्त्रमा अत्यधिक वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चेक पुलिस अध्यक्ष मार्टिन भोन्ड्रासेकले देशको उत्तरपूर्वी मोराभियन–सिलेसियन क्षेत्रको ब्रुन्टल नजिकैको नदीमा एक व्यक्ति डुबेर मृत्यु भएको बताए ।

प्रहरीले पनि बाढीमा बेपत्ता भएका सात जनाको खोजि जारी राखेको बताए । अन्य दुई जना बाढीमा बेपत्ता भएको र शव भेटिएको बताए ।

उच्च पानीले मोराभियन–सिलेसियन क्षेत्र र विशेष गरी उत्तरपूर्वी र दक्षिणी बोहेमिया उच्च जोखिममा छन् । अहिलेसम्म १२ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र सोमवारसम्म देशका करिव १ लाख १८ हजार घरधुरी बिजुलीविहीन रहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्