images
images
images

जनताको आवश्यकतालाई पूरा गर्न सरकार सधैँ प्रयासरत छ : ऊर्जा मन्त्री खड्का

images

पूर्वाधार वाच, उदयपुर ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रियुगा नदीको बाढीले पुर्‍याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री खड्काले आइतबार उदयपुरस्थित त्रियुगा, बरुवा, कोसी नदीलगायतमा आएको बाढीले पुर्‍याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री खड्काले सीमित स्रोत र साधनका बीच जनताको आवश्यकतालाई पूरा गर्न सरकार प्रयत्नरत रहेको बताए । उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएकाले सरकारले जनताको आकाङ्क्षालाई क्रमागत ढङ्गले सम्बोधन गर्ने स्पष्ट पारे । मन्त्री खड्काले वर्तमान सरकार जनताप्रति उत्तरदायी रहेको बताए ।

उनले स्थानीय तहमा देखिएका समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गरेर केन्द्र सरकारले काम गर्ने उल्लेख गरे । कार्यक्रममा पूर्वमन्त्री एवं उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा नारायण खड्काले त्रियुगा नदीले उदयपुरमा बर्सेनि ठूलो समस्या उत्पन्न गराउँदै आएकाले उक्त समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए ।

निरीक्षणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरीता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्ट, बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्