images
images
images

दिगो ऊर्जा मोडेलमा काम गर्ने ट्युनिसियाली प्रधानमन्त्रीको घोषणा

images

पूर्वाधार वाच, काठमाडौं ।

ट्युनिसियाले आफ्नो ऊर्जा घाटा कम गर्न र दिगो मोडेलमा नयाँ ऊर्जा नीति विकास गरिरहेको प्रधानमन्त्री कमेल मादौरीले बताएका छन् । ट्युनिसियामा मेडिटेरेनियन डेकार्बोनाइजेसन फोरमको उद्घाटन समारोहमा मदौरीले उक्त टिप्पणी गरेका हुन् ।

उनले सन् २०५० सम्ममा ऊर्जा खपतलाई ३० प्रतिशतले घटाउने र नवीकरणीय ऊर्जाको एकीकरणलाई ३५ प्रतिशतमा पु-याउने लक्ष्य राख्दै सन् २०५० सम्ममा कार्बन न्यूट्रलिटीको लक्ष्य राखेको बताए ।

ट्युनिसियाका प्रधानमन्त्रीका अनुसार, नीतिले ऊर्जा उत्पादनका स्रोतहरू विविधीकरण गर्ने, खपतलाई अनुकुलन गर्ने र ऊर्जा पूर्वाधारमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

ट्युनिसियाली सरकारले नवीकरणीय ऊर्जा, विशेष गरी हरित हाइड्रोजनमा निजी लगानीलाई बढावा दिनेछ र उदीयमान व्यवसायहरूलाई प्रोत्साहन दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्