images
images
images

इण्डोनेसियामा खानीमा पहिरोमा परी १५ जनाको मृत्यु, २५ बेपत्ता

images

पूर्वाधार वाच, काठमाडौं ।

इण्डोनेसियाको पश्चिमी प्रान्त वेस्ट सुमात्रामा सुन खानीमा गएको पहिरोले १५ कामदारको मृत्यु भएको छ । साथै २५ जना बेपत्ता भएका छन् ।

उक्त पहिरो प्रान्तको सोलोक रिजेन्सीको नगरी सुङ्गाई आबुमा भएको बताइएको छ । सोलोक डिजास्टर मिटिगेसन एजेन्सीका प्रमुख इरवान एफेन्डीले स्थानीय सञ्चारमाध्यमलाई भने कि विपद्मा १५ खानी कामदारको मृत्यु भएको छ भने तीन जना घाइते भएका र २५ जना बेपत्ता भएको बताए ।

पीडितलाई बाहिर निकाल्न भारी उपकरणसहित थप उद्धारकर्ता खटाइएको बताउनु भयो । बिना इजाजतपत्र खानीहरू द्वीपसमूह देशमा सामान्य छन् र विगतका वर्षहरूमा धेरै दुर्घटनाहरू भएका छन् ।

जुलाईमा, पूर्वी प्रान्त गोरोन्तालोमा एक इजाजतपत्रविहीन सुन खानीमा पहिरोमा परी २० भन्दा बढी व्यक्तिको मृत्यु भयो र १० भन्दा बढी अझै बेपत्ता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्