पूर्वाधार वाच, नवलपरासी ।
पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो ।
अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख क्युसेक पानीको बहाव रहेको छ । सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्