पूर्वाधार वाच, काठमाडौं।
भारतले बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सुर्य कुमार यादवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
यस सिरिजका शुभमन गिल, ऋषव पन्त र यशस्वी जैसवाललाई आराम दिइएको छ । त्यस्तै विष्फोटक ब्याट्सम्यान अभिषेक शर्मालाई टिममा अवसर दिइएको छ ।
बंगलादेशविरुद्धको टी–२० सिरिजका लागि भारतीय टोली
सूर्यकुमार यादव ‘कप्तान’, अभिषेक शर्मा, सञ्जु सैमसन ‘विकेटकिपर’, रिंकु सिंह, हार्दिक पाण्ड्या, रियान पराग, नितिश कुमार रेड्डी, शिवम दुबे, वाशिंगटन सुन्दर, रवि बिश्नोई, वरुण चक्रवर्ती, जितेश शर्मा ‘विकेटकिपर’, हर्षित राना र मयंक यादव ।
भारतले बंगलादेशविरुद्ध अक्टोबर ६, ९ र १२ मा गरी तीन टी-२० खेलको सिरिज खेल्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्