images
images
images

दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान

images

पूर्वाधार वाच, काठमाडौं ।

दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार २०२४ को विजेता घोषणा गरिएको छ । सोमबार चिकित्सा र फिजियोलोजीको क्षेत्रमा नोबेल पुरस्कार घोषणा गरिएको हो ।

सन् २०२४ को चिकित्साशास्त्रको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिएको छ । माइक्रो आरएनए ‘रिबोन्यूक्लिक एसिड’को आविष्कारका लागि दुवैलाई यो पुरस्कार दिइएको हो ।

माइक्रोआरएनएले शरीरमा कोशिकाहरू कसरी बन्छन् र काम गर्छन् भनेर बताउँछन् । दुवैले सन् १९९३ मा माइक्रो आरएनए पत्ता लगाएका थिए । मानव जीन डीएनए र आरएनए मिलेर बनेको हु न्छ। माइक्रो आरएनए आधारभूत आरएनएको भाग हो ।

यो पछिल्लो ५०० मिलियन वर्षहरूमा बहुसेलुलर जीवहरूको जीनोमहरूमा विकसित भएको छ । हालसम्म मानिसमा विभिन्न प्रकारका माइक्रो आरएनएका एक हजारभन्दा बढी जीन पत्ता लागेको छ ।

अक्टोबर ७ देखि अक्टोबर १४ सम्म नोबेल पुरस्कार विज्ञान, अर्थशास्त्र, साहित्य र शान्ति जस्ता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई दिइनेछ ।

आज भौतिकशास्त्रमा नोबेल पुरस्कारको घोषणा हुदै छ । नोबेल पुरस्कारमा ११ लाख स्वीडिश क्रोनर नगद पुरस्कार दिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्