images
images
images
images

वार २ मा ऋतिकसँगै शाहरुख पनि !

images

पूर्वाधार वाच, काठमाडौं ।

बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। फिल्मले राम्रो प्रतिक्रिया बटुलेसँगै सिक्वेलको घोषणा गरिएको थियो। यस फिल्ममा दक्षिण भारतीय अभिनेता जुनियर एनटिआरको पनि मुख्य भूमिका रहनेछ।

images

यसैबीच फिल्ममा शाहरूख खान जोडिएको खबर बाहिरिएको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्ममा शाहरूख खानको केमियो भूमिका रहनेछ। फिल्ममा उनी पठानको अवतारमा प्रस्तुत हुनेछन्। तर निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।

‘वार २’ यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो। अयान मुखर्जीको निर्देशनमा बन्ने फिल्म ‘वार २’ मा ऋतिक र टाइगरसँगै कियारा आडवानीको मुख्य भुमिका रहनेछ। २०१९ मा आएको एक्सन फिल्म ‘वार’ बक्स अफिसमा सुपरहिट भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्