पूर्वाधार वाच, वासिङ्टन ।
अमेरिकी र्यापर सिन ‘डिडी’ कम्बस यौन तस्करी र यौन उत्पीडनसम्बन्धी अरू सात मुद्दामा मुछिएका छन् । यी आरोपमा डिडीबाहेक अन्य दुई जनाको नाम पनि मुछिएको छ । उनीविरुद्ध एक वर्षदेखि चलिरहेको आरोपमा अब भने अन्य सेलिब्रिटीको नाम पनि आएको छ । तर उनीहरूको नाम भने पहिचान हुन नसकेको भन्दै सीएनएनले समाचार छापेको छ ।
एउटा मुद्दामा पीडितले सन् २००० मा आफू १३ वर्ष भएको समयमा कम्बसले नाम नखुलाइएका अर्का दुई पुरुष र महिला सेलिब्रिटीसँग मिलेर उनको यौन शोषण गरेका थिए । गएको हप्ता कम्ब्समाथि यो बाहेक अरू ६ वटा मुद्दा दायर भएको थियो । पाँच वटा मुद्दा सोमबार न्यूयोर्कमा हालिएको छ ।
दुई चाँहि न्यू योर्क सुपेरियर कोर्टमा दायर भएको छ । यसमा बलात्कार, यौन हिंसा, यौन उत्पीडन लगायतका मुद्दा छन् । यी मुद्दामा तीन जना वादी महिला छन् भने चार जना पुरुष छन् । कम्बसमाथि कम्तिमा १२० जना पीडितहरूले मुद्दा हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्