images
images
images

बलिवुड अभिनेत्री रियालाई राहत, लुक आउट सर्कुलर जारी गर्ने रिट खारेज

images

पूर्वाधार वाच, काठमाडौं ।

बलिवुड अभिनेत्री रिया चक्रवर्तीविरुद्ध लुक आउट सर्कुलर जारी गर्न दायर गरेको रिट भारतको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सीबीआई, महाराष्ट्र सरकार र ब्यूरो अफ इमिग्रेसनले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ र आमाबुवा विरुद्ध लुक आउट सर्कुलर जारी गर्न रिट जारी गरेका थिए ।

बम्बे उच्च अदालतले यी चार व्यक्तिहरूविरुद्ध जारी गरिएको लुक आउट सर्कुलर रद्द गरेपछि उच्च अदालतको यो आदेशलाई सर्वोच्चमा चुनौती दिइएको थियो ।

यी सर्कुलरहरू अभिनेता सुशान्त सिंहको मृत्युको प्रकरणमा रिया चक्रवर्ती, उनका भाइ शोभिक, बुबा ९पूर्व सेना कर्मचारी० र आमा ९सेना स्कूल शिक्षक० विरुद्ध २०२० मा जारी गरिएको थियो । सुशान्त सिंह राजपूतको परिवारले उनको मृत्युको छानबिन गर्न पटनामा एफआईआर दायर गरेको थियो । त्यसपछि यो मुद्दा सीबीआईलाई सुम्पिएको थियो।

लाइभ लको समाचारका अनुसार न्यायमूर्ति बीआर गवई र न्यायमूर्ति केवी विश्वनाथनको इजलासले यो निवेदनमा गम्भीरता नभएको र अभियुक्तहरू ुहाइ प्रोफाइलु पृष्ठभूमिबाट आएकाले मात्र यो दायर गरिएको टिप्पणी गर्दै याचिका खारेज गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्