images
images
images

तमिल फिल्म ‘कंगुवा’का सम्पादक युसुफको निधन

images

पूर्वाधार वाच, काठमाडौं।

भारतको मलयालम र तमिल सिनेमाका प्रसिद्ध फिल्म सम्पादक निषाद युसुफले आत्महत्या गरेका छन् । बुधबार निषादको शव कोच्चिस्थित उनको अपार्टमेन्ट भवन बाहिर फेला परेको थियो ।

घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । निषादले भवनको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

निषादको निधनको जानकारी निर्देशक युनियन अफ फिल्म एम्प्लॉइज फेडेरेसन अफ केरलाले आफ्नो फेसबुक पेजमा दिएको छ। फेडेरेसनले यो खबरले स्तब्ध बनाएको उल्लेख गर्दै उनले बदलिएको मलयालम सिनेमाको भविष्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने फिल्म सम्पादक भएको बताएको छ ।

आफ्नो निधन हुनुअघि निषाद साउथ अभिनेता सूर्या र बबी देओलको आगामी फिल्म ‘कंगुवा’ को सम्पादन गर्दै थिए । उनी हालै आयोजित फिल्मको म्युजिक लञ्च कार्यक्रममा पनि सहभागी भएका थिए । उनले सूर्या र बबीसँग सेल्फी खिचे र साझेदारी गरेका थिए ।

निषादले मलयालम बाहेक धेरै तमिल फिल्महरूमा काम गरेका छन् । उनले यतिबेला फिल्म ‘कंगुवा’मा काम गरिरहेका थिए । यो फिल्म १४ नोभेम्बरमा रिलिज हुँदैछ । यसबाहेक उनी मोहनलाल र मामुट्टीको फिल्म ‘बाजुका’ र ‘अलाप्पुझा जिमखाना’ मा पनि काम गरिरहेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्