images
images
images

भिनिसियसको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित

images

पूर्वाधार वाच, काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ओसासुनामाथि शानदार जित हसिल गरेको छ । शनिबार सम्पन्न खेलमा भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरे भने जुडे बेलिङघमले एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ६ अंकले पछाडी रहेको छ । त्यसैगरी ओसासुनाको १३ खेलमा २१ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्