images
images
images

जोशी हाइड्रोपावर घाटामा

images

पूर्वाधार वाच, काठमाडौं ।

जोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४८ लाख ८ हजार रुपैयाँको नोक्सानी व्योहोर्नु परेको छ । यसअवधिमा यसले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यसले ४ करोड ८७ लाख १३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

कम्पनीको अनुसार सञ्चालन नाफा बढेसँगै यसको नोक्सानी घटेको हो । यसअवधिमा यसले ५७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले जनाएको छ ।

असार मसान्तसम्ममा यसले ६६ लाख ६९ हजार रुपैयाँ सञ्चान नोक्सानी व्यहोरेको थियो भने असोज मसान्तसम्म आइपुग्दा यसले विद्युत् बिक्रीबाट ९८ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी असोज मसान्तसम्म यसको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ०७ पैसा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्