images
images
images

‘तेल भिसा’ र ‘अग्निदहन’ आजदेखि प्रदर्शनमा

images

पूर्वाधार वाच, काठमाडौं । 

आजदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ आजदेखि प्रदर्शनमा आएका हुन्।

‘तेलभिसा’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् भने पछिल्लो समयकी चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ ।

त्यस्तै फिल्ममा अभिनेत्रीहरू ऋचा घिमिरे, पूजा चन्दको पनिमुख्य भूमिका रहेको छ । यो फिल्ममा अभिनेता विपिनको डबल भूमिका छ । फिल्म प्रवासका नेपालीको कथा बनाइएको छ ।

त्यस्तौ लामिछाने निर्देशित ‘अग्निदहन’मा कलाकार प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी‌ र तुलसी क्षेत्रीको अभिनय छ । यो फिल्म नेपाली समाजको अन्धविश्वास बोक्सी कुप्रथाविरुद्धको कथामा बनाइएको छ ।

हाल हलमा फिल्म पूर्ण बहादुरको सारंगी र ह्रश्व दिर्घको दबदबा रहेको समयमा दुवै फिल्मले आफुलाई प्रमाणित गर्ने चुनौती रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्