images
images
images

एनपिएलको पहिलो संस्करण आजदेखि सुरू हुँदै

images

पूर्वाधार वाच, काठमाडौं ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग [एनपिएल]को पहिलो संस्करण आजबाट सुरू हुँदैछ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उदघाट आज हुनेछ ।

एनपीएलको पहिलो उदघाटन खेल विराटनगर र जनकपुरका बिचमा हुनेछ । जनकपुरका तर्फबाट अनिल शाह कप्तानीमा रहनेछन भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् ।

आजवाट पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली प्रतिस्पर्धा उत्रदैछन् । जसअनुसार विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बिच प्रतिस्पर्धा हुदैँछ ।

यस पटकको लिगमा १६ देशका कम्तीमा ४० खेलाडी एनपिएल खेल्न नेपाल आउँने भए पछि यसको चर्चा परिचर्चा अझै बढी हुन पुगेको छ ।

जसअनुसार भारतीय टोलीका चर्चित खेलाडी शिखर धवनदेखि अस्ट्रेलियाका बेन कटिङसम्म रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्