images
images
images

पुष्पा- २ को टिकट बुकिङ आक्रामक, सबै रेकर्ड तोडिने

images

पूर्वाधार वाच, काठमाडौं ।

अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २ः द रुल’ले रिलिज अगावै रेकर्ड बनाएको छ । अग्रिम बुकिङका हिसाबले फिल्मले नयाँ बेन्चमार्क सेट गरिरहेको छ ।

टिकट बुकिङ सुरु भएको एक दिनमै चलचित्रले अग्रिम टिकटमार्फत कीर्तिमानी कमाई गरेको छ । अहिलेसम्म फिल्मको ३.५ लाखभन्दा बढी टिकट बिक्री भइसकेको छ । यो संख्या निरन्तर बढिरहेको छ ।

‘पुष्पा २ः द रुल’ को अग्रिम बुकिङले व्यापारिक पण्डितहरु अचम्ममा परेका छन् । अहिले सम्म बिक्रि भएका टिकटको संख्याले दर्शकमा फिल्मको लागि निकै क्रेज रहेको देखाउँछ । सकनिल्कका अनुसार यो समाचार तयार पार्दासम्म फिल्मको ३,५३,९०८ टिकट बिक्री भइसकेको छ ।

अर्थात् अहिलेसम्म करिब ३.६ लाख टिकट बिक्री भइसकेको छ । भारतमा फिल्मले अग्रिम बुकिङमार्फत अहिलेसम्म १०.६ करोडभन्दा बढी कमाइसकेको छ ।

डिसेम्बर ५ मा रिलिज हुन लागेको यो फिल्मले रिलिज अघि नै १००० हजार करोड कमाइ गरेर किर्तिमान कायम गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्