images
images
images
images

उद्योगमन्त्री भण्डारी भारत प्रस्थान, साझेदारी शिखर सम्मेलनमा भाग लिने

images

पूर्वाधार वाच, काठमाडौं।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँ दिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

images

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मङ्गलबार आयोजना हुने औपचारिक कार्यक्रमका लागि उनी भारत प्रस्थान गरेका हुन् ।

सो सम्मेलनमा सरकार–उद्योग साझेदारीलगायत विषयमा छलफल हुने जनाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलको औपचारिक निमन्त्रणमा मन्त्री भण्डारी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

सो शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भुटान, इजरायल, इटाली, साउथ अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगललगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरुको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । सो सम्मेलन नयाँ दिल्लीस्थित सुस्मा स्वराज भवनमा सम्पन्न हुने जनाइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्