images
images
images

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–७ घर भई ललितपुर महानगरपालिका–१५ बस्ने धीरेन्द्र चौधरी, धनुषाको धनुषाधाम नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने राजकुमार महरा र मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने चन्द्र ब्लोन रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका मध्ये धीरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै पीडितबाट ३ लाख ४८ हजार रुपैयाँ, राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ लाख ९० हजार रुपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै १ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्