पूर्वाधार वाच, काठमाडौं ।
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको विकेटको सनदार जित दर्ता गरेको हो ।
लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको पछायाएको पोखराले १६.५ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो । पोखराका लागि आन्द्रेस गोउसले ५५ बलमा १२ चौका र पाँच छक्काको मद्दतले अविजित १०४ रनको योगदान गरेका थिए भने दिनेश खरेलले ४६ बलमा समान चार चौका र छक्काको मद्दतले ६१ रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १७० रनको योगफल तयार पार्यो ।
रोहित र मूर्सले चौथो विकेटका लागि ११० रनको साझेदारी गरे । रोहितले ५९ बलमा १० चौका र चार छक्कासहित ९५ रनको पारी खेल्दा मूर्स अर्धशतकबाट पाँच रनले चुके ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्