पूर्वाधार वाच, मुम्बई।
अल्लु अर्जुन–रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा– २- द रुल’ ले विश्वभर ८८० करोडभन्दा बढी कमाइ गरेको छ । सुकुमार द्वारा निर्देशित एक्सन ड्रामा फिल्म २०२१ को ब्लकबस्टर ‘पुष्पाः द राइज’ को सिक्वेल हो।
सबै चलचित्रहरू जस्तै पुष्पाः २ ले पनि रिलिजको पहिलो सोमबारको कमाईमा कमी आएको छ ।सैकनिल्कका अनुसार अल्लु अर्जुनको फिल्मले रिलिजको पाँचौं दिन नेट कलेक्सनमा ५४।५६ प्रतिशतले गिरावट आएको छ । तर पनि फिल्मले राम्रो कमाई गरेको छ ।
फिल्म निर्माताले सार्वजनिक गरेको आधिकारिक आंकडा हेर्दा फिल्मले पाँचौं दिन ४८ करोड रुपैयाँ कमाएको छ । अब पाँच दिनमा फिल्मको नेट कलेक्सन ३३९ करोड पुगेको छ ।
सैकनिल्कको प्रारम्भिक प्रवृत्ति अनुसार पहिलो आइतबार १४१.५ करोड रुपैयाँ कमाएको फिल्मले पाँचौं दिनमा ५४.५६ प्रतिशतले ठूलो गिरावट आएको छ। सोमबार फिल्मले सबै भाषामा ६४.१ करोड कमाउन सफल भएको छ ।
एक्शन ड्रामाको भारतमा पाँचौ दिनसम्म कुल कलेक्सन करिब ५९३.१ करोड रुपैयाँ रहेको बताइएको छ । जसमध्ये पुष्पा २ ले तेलुगुमा २११.७ करोड र हिन्दीमा ३३१.७ करोड कमाएको छ।
सैकनिल्कको को तथ्यांक अनुसार फिल्मले चौथो दिनमै विश्वभर ८०० करोडको आँकडा पार गरेको छ । पाँचौं दिन फिल्मले विश्वभर ८८० करोडको आँकडा पार गरेको छ । छैटो दिनमा ९ सय करोड नघाउने कन्फर्म भएको उसको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्