images
images
images

प्रचण्डले एनपीएल च्याम्पियन जनकपुर बोल्ट्सलाई दिए बधाई

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो च्याम्पयन जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्।

शनिबार सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि जितेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बधाई दिएका हुन्।

उनले उपविजेता सुदूरपश्चिमलाई पनि बधाई दिएका छन्। साथै प्रतियोगितामा सहभागी सबै टिम, आयोजक, व्यवस्थापक, खेलप्रेमीहरू प्रति धन्यवाद व्यक्त गरेका छन्।

उनले नेपाली क्रिकेटको महापर्व एनपिएल भव्य र सभ्य रूपमा सम्पन्न भएको बताउँदै नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको बताए।

शनिबारको फाइनल खेल हेर्न अध्यक्ष प्रचण्ड पनि त्रिवि मैदान पुगेका थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्