पूर्वाधार वाच, काठमाडौं ।
सडक विभाग अन्तर्गत सडक डिभिजन हेटौंडामा कार्यरत सब इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।
नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्राङ्कित प्रथम श्रेणीका इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क)को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख)को देहाय (२) बमोजिम बर्खास्त गरिएको जानकारी दिइएको छ ।
पुस १६ गतेको निर्णय अनुसार उनी भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्