images
images
images

अलिफ र अन्जुको स्वरमा ‘रुन हुन्न भन्छु अरुलाई’ सार्वजनिक (भिडियो)

images

पूर्वाधार वाच, काठमाडौं ।

अलिफ खान र अन्जु विश्वकर्माको स्वर रहेको ‘रुन हुन्न भन्छु अरुलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘मेलोडी संसार’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द सीता पंगेनीको रहेको छ भने, संगीत दीपक थापाले गरेका छन् । भिडियोको निर्देशक सपना शर्मा कँडेल गरेकी छन् भने, छायांकन गणेश सापकोटाको रहेको छ । भिडियोमा सपना कँडेल र गंगा कँडेलको अभिनय रहेको छ ।

पोस्टर डिजाइन आरटीआर मल्टिमिडियाको रहेको छ भने, भिडियो सम्पादन र कलरिस्ट सुवास अमगाईले गरेका हुन् । यम थापा मगरले संगीत संयोजन गरेका छन् भने, अडियो मिक्सिङ श्यामस्वेत रसाइलीको हरेको छ ।

सपना शर्मा कँडेलको निर्देशनमा निर्माण भएको यस म्युजिक भिडियो प्रेम र मिलनको भावनाहरूलाई समेटेको छ । आफ्नो मनमा पीडाहरु प्रसस्त हुँदा समेत अरुलाई नदेखाई रुन हुन्न भन्नु पर्ने बाध्यता जस्ता दृश्य भिडियोमा देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्