images
images
images

१० निर्माण कम्पनी सरकारको कालोसूचीमा

images

पूर्वाधार वाच, काठमाडौं ।

१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेका छन् । विभिन्न ५ सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीहरूलाई एकदेखि डेढ वर्षका लागि कालोसूचीमा राखिएको हो ।

यसरी कालोसूचीमा पर्ने कम्पनीहरूमा गुल्मीको धुर्कोट गाउँपालिकाको सिफारिसमा तारालक्ष्मी निर्माण सेवा र ममता मञ्जु कन्स्ट्रक्सन, संखुवासभा सभापोखरी गाउँपालिका सनम निर्माण सेवा र निर्जरा निर्माण सेवा, डोटीको सिताराम माविको सिफारिसमा नयाँ बानेश्वरको इन्द्रणी बिल्डर्स, सशस्त्र प्रहरी बल महोत्तरीको सिफारिसमा जीएस निर्माण सेवा र कमन कन्स्ट्रक्सन तथा पुरातत्व विभागको सिफारिसमा राजेन्द्र निर्माण सेवा, रफिना एण्ड कन्स्ट्रक्सन र राम निर्माण कन्स्ट्रक्सन कम्पनी कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्नसक्ने व्यवस्था सार्वजनिक खरिद ऐन तथा नियमावलीले गरेको छ ।

यसअघि कार्यालयले कम्पनीहरूलाई प्रस्टीकरण सोधेको थियो । जवाफ चित्तबुझ्दो नपाएपछि ती संस्थाहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्