images
images
images

नेप्सेको सिइओको अन्तर्वार्ताका लागि ५ जना छनौट

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदको लागि अन्तिम पाँच जनालाई अन्तर्वार्ताको लागि बोलाइएको छ ।

अर्थ मन्त्रालयले प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको आवेदन परेकोमा पाँच जनालाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट गरेको हो ।

व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट हुनेमा चुडामणी चापागाई, नारद कुमार लुइटेल। पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन् ।

उनीहरुको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ता चैत्र ६ गते बुधबार बिहान ७ बजेदेखि अर्थ मन्त्रालयमा हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्