images
images
images

नेपाल बैंकको वार्षिक साधारण सभा आज

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । बैंकले लाभांश प्रस्ताव पारित नगरी बस्न लागेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौंमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्